

ओलीसँगको छलफलपछि नेपालले बोलाए आफूपक्षीय नेताको भेला

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ ।
सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिन यो समूहले नेताहरुलाई बोलाएको हो । भेला भर्खरै सुरु भएको छ ।
यसअघि सोमबार विहान पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपालका साथै दोस्रो पुस्ताका नेताहरुबीचमा पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको थियो ।
उक्त छलफल सकारात्मक भएको बताइए पनि विस्तृत जानकारी भने आएको छैन ।
पार्टी अध्यक्ष ओलीले मंगलबारका लागि बोलाएको केन्द्रीय सदस्यहरुको चियापान कार्यक्रममा सहभागी नहुने पनि नेपाल पक्षले जनाएको छ ।