प्रधानमन्त्रीको देश दौडाहा तीब्र हिजाे पश्चिम आज पूर्व



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको देश दौडाहा झन तीब्र बनेको छ । प्रधानमन्त्री ओली आज (मंगलबार) झापा र मोरङ जाँदैछन् । प्रधानमन्त्री ओली काठमाडौंबाट पहिले गृह नगर झापा जाने कार्यक्रम रहेको छ ।

ओलीले बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नेछन् । त्यसपछि ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ । उर्लाबारीमा सन्थाल समुदायको लागि बन्ने एकीकृत बस्तीको प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

सन्थाल समुदायका १३६ परिवारको लागि ३० करोड रुपैयाँ लागतमा एकीकृत बस्ती बनाउने योजना छ । पछिल्लो समय प्रधानमन्त्री ओलीको देश दौडाहा तीव्र बनेको छ । ओली अस्ति झापा र हिजो पोखरा गएका थिए ।