गायक सुरजले ल्याए ‘मेन्नु याद अन्दिया तेरी’ बोलको हिन्दी पन्जावी गीत



काठमाडौं । चर्चित गायक एवं सर्वक सुरज कलाखेतीले हिन्दी पन्जावी गीत सार्वजनिक गरेका छन् ।

नेपाली गीतहरुमा चर्चा कमाइसकेका कलाखेतीले पहिलोपटक हिन्दी पन्जाबी ‘मेन्नु याद अन्दिया तेरी’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

कलाखेती स्वयंको शब्द र कम्पोजमा सार्वजनिक उक्त गीतको छायांकन क्यानडामा नै गरिएको छ । कलाखेतीको उक्त गीत क्यानडाको ब्रम्टनमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

‘सुरज कलाखती’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोको हेरुाका लामाले गरेका छन् ।

भिडियोमा मनोज वि.क, समिश्रिका परियार र अतुल सुवेदीको अभिनय रहेको छ भने भिडियो सम्पादन दीर्घ खड्का र एरेन्ज विश्व अधिकारीले गरेका हुन् ।