मदनकृष्ण र कोमलको ‘माया लाउन सजिलो’



काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र सांसद तथा गायिका कोमल वलीको नया“ गीत ‘माया लाउन सजिलो’ सार्वजनिक भएको छ ।

बरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत, उत्तम सञ्जेलको शब्द तथा मनोहर सुनामको संगीत संयोजन रहेको गीतको भिडियो समेत बनेको छ ।

भिडियो मदनकृष्ण र कोमल स्टुडियोमा गाउ“दै गरेको देखिएका छन् । अन्य भिडियो पनि संयोजना गरिएको छ । भिडियो संयोजन मदनकृष्णका छोरा यमन श्रेष्ठले गरेका हुन् ।

मदनकृष्ण हास्य कलाकार मात्र नभएर एक कुसल गायका पनि हुन् । उनले गाएका थुप्रै गीतहरु चर्चित छन् । तर, यो गीत पनि उनले धेरैपछि गाएका हुन् ।