युट्युवमै सार्वजनिक भएको ‘पोई पर्यो काले’ दर्शकमाझ लोकप्रिय



काठमाडौं । कोरोनाभाइरसका कारण देश लकडाउन गरिएपछि सम्पूणै सिनेमा हल बन्द भएका छन् । तर, सिनेमा हल बन्द भएपनि सिनेमाहरु भने आइरहेका छन् । पर्दामा नभएर यु–ट्युबमा आएका नेपाली फिल्महरु राम्रै दर्शक पनि पाएका छन् ।

लकडाउनको मौका छोपेर करिब आधा दर्जन नेपाली फिल्म युट्युवमा सार्वजनिक भएका थिए । ती फिल्ममध्ये एक हो ‘पोइ प¥यो काले’ । उक्त फिल्मबाट लकडाउनमा परेको दर्शकले रुचाएका छन् । यो फिल्मले युट्युवमा एक करोडभन्दा बढी दर्शक पाउन सफल भएको छ ।

सार्वजनिक प्रदर्शनमा आएको केही समयमै युट्युवमा आएको कारण फिल्मले छिट्टै धेरै दर्शक पाउन सफल भएको उक्त फिल्मका निर्माता किरण नेपालीले बताएका छन् ।

किरण नेपालीको निर्माण र शिशिर राणाको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सोहित मानन्धर, सुरक्षा पन्तलगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।