कोठाको ताल्चा फुटाई ४ लाख बराबरको धनमाल चोरी



काठमाडौं – मनमैजुमा कोठाको ताला फुटाई विभिन्न धनमाल चोरी भएको छ ।

तार्केश्वर नगरपालिका-१० मनमैजु ठूलोईनार नजिक डेरा गरी बस्ने ४५ वर्षीया रमिता बुढामगरको कोठाबाट ताला फोडी नगद २ लाख रुपैयाँ तथा सुनका बिभिन्न गहना समेत गरी करिब ४ लाख ६७ हजार रुपैयाँ बराबरको धनमाल मंगलवार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।