युट्युबर लक्ष्मीको ‘मतिना क्लो स्टुडियो’ सञ्चालनमा

युट्युबर लक्ष्मीले पोखराको नारेश्वरबाट सञ्चालनमा ल्याएको स्टुडियोको अजि र अजाले गरे उद्घाटन



पोखरा । शालीन युट्युबरको रुपमा परिचित लक्ष्मी श्रेष्ठले ‘मतिना क्लो स्टुडियो’ सञ्चालनमा ल्याएकी छिन् । पर्यटकीय नगरी पोखराको नारेश्वरचोकमा शनिबारदेखि सञ्चालनमा ल्याइएको स्टुडियोको लक्ष्मीका अजि र अजाले उद्घाटन गरेका थिए ।

युट्युबर लक्ष्मीले बहिनी रसुसँग मिलेर मतिना स्टुडियो सञ्चालनमा ल्याएकी हुन् । लक्ष्मी र रसुले जीवनमा भगवान्भन्दा पनि माथिल्लो स्थानमा राख्ने अजा र अजिले कैंचीले रिबन काटेर स्टुडियोको उद्घाटन गरेका थिए । उद्घाटनपछि स्टुडियोमै आयोजित कार्यक्रममा केकसमेत काटिएको थियो ।

युट्युब भ्लगरको रुपमा लामोसमयदेखि परिचित रहँदै आएकी लक्ष्मीले  ५ वर्षअघिबाट ‘मैचा कलेक्सन’ नामक अनलाइन व्यावसाय सञ्चालन गर्दै आएकी थिइन् । साथै बहिनी रसुले केही समयअघिदेखि ‘शृंगार’ नामक अनलाइन व्यावसाय सञ्चालन गर्दै आएकी थिइन् । उनीहरूले ग्राहकहरुलाई प्रत्यक्ष सेवा दिने उद्देश्यसहित औपचारिक रुपमा ‘मतिना क्लो स्टुडियो’ सञ्चालनमा ल्याएका हुन््।

स्टुडियोमा मतिनाकै डिजाइनका विभिन्न फेशनेबल कपडा पाइनुका साथै नेल आर्टसम्बन्धी सेवा पनि लिन सकिने जनाइएको छ । लामोसमयदेखि अनलाइनमार्फत् गर्दै आएको व्यावसायको अनुभवलाई ग्राहकहरुलाई प्रत्यक्ष रुपमै सेवा पुर्याउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको उक्त स्टुडियोमा आउने ग्राहकले नयाँ(नयाँ पहिरन, गरगहनाहरु समेत पाउने उनीहरुले जनाए ।

साथै उद्घाटनका अवसरमा विभिन्न सामानहरुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको पनि उनीहरुले जनाएका छन् ।