सेनामा बढुवा भएका १० उच्चाधिकारीले लगाए दर्ज्यानी चिह्न, को-को भए उपरथी र सहायक रथी ?



काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पवन राज घिमिरे र चोक बहादुर ढकाललाई पदोन्नति भएको दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सोमबार जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

पदोन्नतिसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृत तथा उपरथी ढकाल सैनिक सचिव विभाग, अतिरिक्त समूहमा नियुक्त भएका छन् ।

उनी पौष १२ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका थिए ।

सोही अवसरमा प्रधान सेनापतिले सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानीहरु क्रमशः  कमल बानिया पिएच.डी, राजाराम बस्नेत, रोज प्रताप राणा, संजय देउजा, पुरन घले, राजेन्द्र श्रेष्ठ, नारायण बहादुर थापा र लेखा महासेनानी राजन अधिकारीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरे ।