सिंहदरबारभित्रै ‘अर्धनग्न’ अवस्थामा यसरी देखिए ३ युवा… (फोटोफिचर)

काठमाडौं । सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न भएर प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

सोमबार दिउँसो सिंहदरबार भित्र प्रवेश गरी तीन जनाले प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।

गृह मन्त्रालयबाट पास लिएर उनीहरू त्यहाँ प्रवेश गरेको पाइएको छ। पक्राउ पर्नेहरू मोहन वैद्य निकट क्रान्तिकारी माओवादीका कार्यकर्ताहरू रहेको खुलेको छ। पक्राउ पर्नेहरू दिपेन्द्र सिंह, आकाश कार्की र पदम हमाल छन्। उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ।

तस्बिरहरूः सामाजिक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *