टुङ्गनाको धुन सार्वजनिकः मोडल सुनिललाई सलमानसँग दाँजे शम्भुजितले (भिडियोसहित)



काठमाडौं । नेपाली सांगीतिक बजारमा उदाउँदा मोडल सुनिलचन्द्र न्यौपानेको अभिनयमा नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

राजधानीमा आइतबार आयोजित एक विशेष समारोहका बीच उक्त गीत सार्वजनिक गरिएको हो । समिप इन्टरटेन्मेन्टको निर्माणमा बनेको तामाङ सेलो गीत ‘टुङ्गनाको धुन’ सार्वजनिक भएको हो ।

लोकप्रिय गायक यम बराल र मिरा राईको स्वर रहेको उक्त गीतको एरेन्ज बलाम समालले गरेका थिए । गीतको शब्द पनि राईकै रहेको छ ।

बरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आथित्यतामा सम्पन्न म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा सत्यराज आचार्य, स्वरुपराज आचार्यलगायत सांगीतिक क्षेत्रका हस्ती, समाजसेवी र कलाकारहरुको उपस्थिति रहेको थियो ।

भिडियो सार्वजनिक गर्दै प्रमुख अतिथि बास्कोटाले भिडियो उत्कृष्ट बनेको बताए । साथै उनले भिडियोमा अभिनय गरेका कलाकाहरुको प्रशंसा समेत गरेका थिए । बास्कोटाले मुख्य भूमिका निर्वाह गरेका सुनिलचन्द्र न्यौपानेलाई ‘नेपालको सलमान खान’ भन्दै प्रशंसाका साथ नेपाली सांगीतिक दुनियाँमा स्वागतका साथ शुभकामना पनि दिएका थिए । न्यौपानेले यसअघि सुनकोशी बग्यो सलल…, मायाले बाँधेर र हेर...लगायतका म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

गीतको म्युजिक भिडियोमा सुनिलचन्द न्यौपाने, बुद्धि तामाङ, सुनिलचन्द न्यौपाने, निरान्जली लामा, समिप न्यौपाने, शिव रिमाल र भिमार्जुन ओलीको अभिनय देख्न सकिन्छ ।

दिलीप समनको निर्देशन रहेको भिडियो मिना बर्तौलाको प्रस्तुती रहेको भिडियोको कोरियाग्राफी भने रारेशन विश्वकर्माले गरेका थिए । उक्त भिडियोको छायांकन नवराज उप्रेतीको रहेको छ ।

भिडियोः