नेपाल प्रहरीका ६१ सन्तानका लागि छात्रवृत्तिका लागि खुल्यो आवेदन, क–कसले सक्नेछन् आवेदन दिन ? (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको कल्याण महाशाखाले नेपाल प्रहरी कर्मचारीका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्तिका लागि सूचना प्रकाशित गरेको छ ।

महाशाखाले एक सूचना जारी गर्दै नेपाल प्रहरीमा कार्यरत, अवकाश प्राप्त र अमर सहिद पविारका सन्ततीहरुमध्येबाट जम्मा ६१ जना उत्कृष्टहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले सूचना प्रकाशित गरेको हो ।

महाशाखाका बहालवाला सरकारी र निजी विद्यालयबाट उच्च अंक प्राप्त गर्ने बहालवाला कर्मचारीका सन्ततीमध्येबाट १६ जना, सामूदायिक विद्यालयबाट उच्च अंक प्राप्त गर्ने बहालवाला कर्मचारीका सन्ततीमध्येबाट १५ जना, अवकाश प्राप्त कर्मचारीका सन्ततीमध्येबाट १० जना, अमर सहिदका परिवारका छोराछोरीमध्येबाट १० जना र अवकाश प्राप्त अशक्त प्रहरी कर्मचारीका छोराछोरीमध्येबाट १० को आवेदन मागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *