सेनाका दुई उच्च अधिकारीको बढुवा, सिग्देल रथीमा बढुवा हुँदा पौडेल भए उपरथी



काठमाडौं । नेपाली सेनाको उपरथी (दुईतारे जर्नेल) मा सन्तोषबल्लभ पौडेल बढुवा भएका छन् । मन्त्रिपरिषदको आज बसेको बैठकले नेपाली सेनाको रथी पदमा अशोक सिग्देल र उपरथीमा पौडेललाई बढुवा गरेको हो ।

बढुवासँगै सिग्देल नेपाली सेनाको भावी प्रधान सेनापति बन्ने भएका छन् ।

अब रथी सिग्देल (तीन तारे जर्नेल) मा बढुवा भएपछि आगामी भदौ २४ गतेदेखि नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्ने निश्चित भएको छ ।