सशस्त्र एसपी बढुवाका लागि ३ जना सिफारिस, को–को भए सिफारिस ? (सूचनासहित)



काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकले प्राविधिक तर्फको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बढुवाका लागि ३ जनाको नाम सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी कार्यालयका अनुसार प्राविधिक समूह स्वास्थ्यतर्फ एसएसपीका लागि डा. अभिषेक स्वार र डा. संबृद्धि बस्नेतलाई बढुवाका लागि सिफारिस गरेको छ ।

त्यस्तै प्राविधिककै सञ्चार तथा इन्जिनिरिङतर्फको एसपीका लागि ई. सञ्जयकुमार मुलको नाम सिफारिस गरेको छ ।

सो सिफारिसविरुद्ध चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सकिने समेत सशस्त्रले जनाएको छ ।