सशस्त्र आईजी अर्यालद्वारा बढुवा भएका एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । सशस्त्र प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका ३ जनाले दर्ज्यानी चिन्ह लगाएका छन् ।

प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बुधबार आयोजित समारोहका बीच प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पदमा पदोन्नती भएका ३ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । दर्ज्यानी चिन्ह लगाउनेमा बढुवा भएका स्वास्थ्यतर्फका डा. शैलेन्द्रकुमार दुवाल श्रेष्ठ, डा. महेन्द्रराज श्रेष्ठ र इन्जिनियरिङतर्फका नानीराम हुमागाइ रहेका छन् ।

महानिरीक्षक अर्यालले पदोन्नती भएका अधिकृतहरुलाई हार्दिक बधाई दिँदै बढुवासँगै थप भएको पदीय जिम्मेवारीलाई ईमान्दारिताकासाथ कार्यक्षेत्रमा पूर्ण व्यवसायीकता र बफादारिताकासाथ लाग्न निर्देशन दिए ।