प्रहरीमाथि स्थानीयको ढुंगामुढा, सशस्त्र डीएसपी राईसहित ३ प्रहरी घाइते



काठमाडाैं । राजधानी नजिकैको शंखरापुरा नगरपालिका- ३ लप्सीफेदीमा नेपाल विद्युत प्राधिकरणको सबस्टेशन निर्माणका लागि सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि स्थानीयले आक्रमण गरेका छन्।

आक्रमणमा डीएसपीसहित तीन जना घाइते भएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

सुरक्षा पोष्ट राख्ने क्रममा सुरक्षाकर्मीमाथि स्थानीयले ढुंगामुढा गर्दा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) देवराज राईसहित ३ प्रहरी घाइते भएको प्रशासनले जनाएको छ।

आक्रमणकारी जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।