सशस्त्र डिआइजी खड्का अवकाशमा, रिक्त डिआइजीका लागी प्रतिस्पर्धामा छन् यी एसएसपी



काठमाडाैं । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ले अनिवार्य अवकाश पाएका छन् ।

लुम्बिनी प्रदेशमा कार्यरत सशस्त्र प्रहरीका डिआइजी बिदुर खड्का ३० वर्षे सेवा अवधिको कारण शुक्रबारबाट अवकाश लिएका हुन् ।

उनले अनिवार्य अवकाश लिएसँगै सशस्त्रमा एक डिआइजीको दरबन्दी खाली भएको छ । त्यसका लागि अहिले सशस्त्रमा रहेका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)हरू मध्येबाट एक जना बढुवा हुने जनाइएको छ ।

अब सशस्त्रमा रिक्त डिआइजीका लागि एसएसपीत्रय दिपक अधिकारी, मनिष थापा र कृष्णप्रसाद ढकालमध्येबाट एकजना बढुवा हुनेछन् ।