दुवै मृगौला खराब भएका असिमको उपचारमा सहयोगका लागि अनुरोध



नवलपुर । नवलपुरको बौंदीकाली गाउँपालिका वडा नं. ३ रकुवा सिउनका १९ वर्षीय असिम मश्रांगीको दुवै मृगौलाले काम गर्न छाडेपछि अस्पताल भर्ना भएका छन् ।

उपचारका लागि पोखरास्थित पद्माश्री अस्पतालमा भर्ना भएका असिमको उपचारका लागि आर्थिक अभाव भएको भन्दै उनका अभिभावकले सहयोगका लागि आह्वान गरेका छन् ।

पोखरामा सुरक्षा निकायमा भर्ती हुनका लागि तालिम गरिरहेका असिम रकुवा सिउनका हस्त बहादुर मश्रांगीका एकमात्र छोरा हुन् । उनको पारिवारिक अवस्था ज्यादै नै निम्न रहेका कारण १९ वर्षे उमेरमै गम्भीर रोगबाट पीडित बनेका असिमको ज्यान बचाउनका लागि देश विदेशमा रहेका नेपाली र विभिन्न दाताहरुसमक्ष सहयोगको आह्वान गरिएको छ ।

बिरामी असिमका बुवा हस्तले सहयोगी दाताहरुसमक्ष चरम आर्थिक अवस्थाका कारणले एकमात्र छोराको जीवन रक्षाका लागि सहयोगको अपेक्षा गर्दै बैंक खाता सम्पर्क नम्बरसहित सहयोग उपलब्ध गराइदिन अनुरोध गरेका छन् ।

खाताको नामः-         Hasta Bahadur Mashrangi Magar

खाता नं. Ac No.:     27108010000285

बैंकको नामः              Global IME Bank Limited

पीडित बुवा (हस्त)को सम्पर्क नम्बर – 980-0708243