सशस्त्रद्वारा राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सकुशल उद्वार



बाँके । बाँके जिल्लाको नरैनापुर गाउँपालिका ५ भगवानपुरघाट स्थित राप्ती नदिको भंगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरीले साउन ९ गते बेलुका सकुशल उद्धार गरेको छ ।

नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय वासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदिको वहाव बढेपछि भंगालोमा फसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३० बागेश्वरी गण बाँके र बिओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्धार सामाग्री सहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्धार गरेको हो।