सशस्त्र जवान बस्नेतले गरे पशुपतिको जंगलमा गएर आत्महत्या



काठमाडौं । सशस्त्र प्रहरी बलका जवान समीर बस्नेतको शव झुन्डिएको अवस्थामा फेला परेको छ। झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव भेटिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

काठमाडौं महानगरपालिका – ८ पशुपति विश्वरूपा जङ्गलमा नाइनलको डोरीको पासो लगाई रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको हो।

२१ वर्षका समीरको दरबन्दी सशस्त्र प्रहरी बल नम्बर १६ गणमा रहेको खुलेको छ। उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।