कांग्रेसले पुस १३ गते देशैभर आन्दोलन गर्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिले जेठ १३ गते देशभर आन्दोलन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सरकारविरूद्ध देशैभर आन्दोलन गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस १३ गते देशभरका सबै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो।

महामन्त्री पूर्णबहादुर खड्काले दिएको जानकारीअनुसार संघीय निर्वाचन क्षेत्रहरूमा विरोध प्रदर्शन गर्ने निर्णय भएको छ। केन्द्रीय समिति बैठक बसिरहेको पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *