

ओली पक्ष र प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरू

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली पक्ष र प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै ओली पक्षीय केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ भने प्रचण्ड–नेपाल समूहको बैठक बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सुरु भएको छ ।