हेडसरले नै छात्राहरूलाई दुर्व्यवहार गरेपछि…



पोखरा । विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा तनहुँको भानु नगरपालिका १३, मिर्लुङ ठूलोढुंगामा अरनिको माध्यमिक विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफ्नै विद्यालयका छात्राहरुले शारीरिक, मानसिक तथा यौन दुर्व्यवहार गरेको आरोप लाएपछि प्रधानाध्यापक शाहलाई सोमबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

‘आरोप लागेपछि उहाँलाई हामीले नियन्त्रणमा लिएका छौं, सोधपुछका लागि उहाँलाई हामीले नियन्त्रणमा लिएका हौं’, एक प्रहरी अधिकारीले भने ।