आमिर खान काठामाडौंमा, १० दिन विपश्यनामा ध्यान गर्ने



काठमाडाैं । बलिउड अभिनेता, निर्देशक तथा निर्माता आमिर खान काठामाडौं आएका छन्। आइतबार बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट उनी काठमाडौं आइपुगेका हुन्।

उनी बूढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न आएका हुन्। त्यहाँ उनले १० दिन ध्यान गर्नेछन्।

यसअघि उनी सन् २०१४ मा राष्ट्रसंघीय नियोग युनिसेफको दूतको रूपमा काठमाडौं आएका थिए।

पछिल्लो समय चलचित्रको पर्दामा दुर्लभै देखिने गरेका आमिर बलिउडमा फरक शैलीका अभिनेताका रूपमा चिनिन्छन्।