चितवनमा पुनः छाए रवि, कीर्तिमानी मतान्तरसहित फेरि सांसद बने लामिछाने



चितवन । चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका छन् ।

अन्तिम मत परिणाममा लामिछानेले ५४१७५ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११११४ मत पाएका छन् ।

उनीहरूबीचको मतान्तर ४३०६१ छ । प्रतिस्पर्धामा नेकपा एमालेका तर्फबाट रामप्रसाद न्याैपाने पनि चुनावी मैदानमा थिए ।

यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। त्यतिबेला उनले ४९ हजार ३०० मत पाएका थिए ।

मतगणना सम्पन्न भइसके पनि निर्वाचन कार्यालयले केहीबेरमा अन्तिम मतगणना सुनाउने तयारी गरेको छ ।