सुनुवार (कोइँच) सांस्कृतिक महोत्सवको तयारी पूरा



ओखलढुंगा । ओखलढुंगाको लिखुमा सुरु हुन लागेको ‘सुनुवार (कोइँच) सांस्कृतिक महोत्सव २०८०’को तयारी पूरा भएको छ । लिखु गाउँपालिकाको वडा नं. ९ स्थित पोकली वाच्पुमा आयोजित महोत्सव भोली (मंगलबार)बाट सुरु हुने भएको हो ।

उक्त महोत्सवको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले उद्घाटन गर्ने भएका छन् । महोत्सवको उद्घाटन सत्रमा बागमती प्रदेश प्रमुख बाबुराम गौतम, संघीय सांसद रामहरि खतिवडा र प्रदेश सांसद प्रदीपकुमार सुनुवारलगायतको उपस्थिति रहने मूल आयोजक समारोह समिति, प्रचार प्रसार विभागका संयोजक पशुपति सुनुवारले जानकारी दिए ।

महोत्सवमा सुनुवार सांस्कृतिक महोत्सवका रुपमा लिइएको उक्त महोत्सवमा सुनुवार जातीको संस्कृति झल्काउने विभिन्न झाँकी तथा कार्यक्रमहरुका साथै सुनुवार खानाको समेत प्रदर्शनी गरिने कार्यक्रम रहेको छ । त्यसका साथै विभिन्न कलाकारहरुले सांगीतिक प्रस्तुती समेत दिने जनाइएको छ ।

महोत्सवमा अशोक मुकारुङ, बबिना किराँती, पुष्कर सुनुवार, कल्पना सुनुवार, महेशकुमार सुनुवार, पूजा सुनुवार, अप्सरा सुनुवार र कृष्णमाया सुनुवारलगायतका राष्ट्रिय कलाकार र विभिन्न स्थानीय कलाकारहरुले पनि प्रस्तुति दिने जनाइएको छ ।

सुनुवार सेवा समाज, हिमचुली जनजागरण युवा क्लब र पोकली झरना सेवा समाजको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रम दुईदिनसम्म (मंगलबार र बुधबार) चल्नेछ ।

May be an image of 5 people and text that says 'LGOG कोइच (सुनुवार) साँस्कृतिक महोत्सव-2०१० 252.55252 (वैशाख हार्दिक निमन्त्रणा कोइँच जीवनशैली र सीप प्रदर्शनी आयोजक कोईच (सुनुवार) सास्कृतिक महोत्सव मूल समिति सुनुवार सेवा समाज, वाच्पु, ओखलदुडगा सहकार्य सुमस, कोप समाज, सुनुवार महिला समूह बुज, कोईच चुप्लु हाम्सो मासिक, सुनुवार डट ओआरजि,'