डीआईजी अशोक सिंहले दिए राजीनामा



काठमाडाैं । भावी प्रहरी महानिरीक्षककाे दाैडमा रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले उमेर र शैक्षिक याेग्यता विवादमा तानिएपछि राजीनामा दिएका छन् ।

उनले बुधबार अपराह्न प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा दिएका हुन् । प्रहरी प्रधान कार्यालयले विधिवत रूपमा उनको राजीनामा बुझेको उच्च प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

राजीनामाअघि उनले मंगलबार प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायतसँग आफ्नो सम्मानजनक बिदाइका लागि छलफल गरेका थिए ।

प्रहरी नियमावलीको नियम १२९ उपनियम (ख) अनुसार प्रहरी महानिरीक्षकको सिफारिसमा एसएसपी र डीआईजीको राजीनामा गृहमन्त्रीले स्वीकृत गर्ने व्यवस्था छ ।