स्ट्रिप्स नक्सासम्बन्धी प्राविधिक विषय तथा अध्ययन अभिमुखीकरण तालिम



काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भु, काठमाण्डौमा फागुन १० गतेदेखि तीन दिने ‘स्ट्रिप्स नक्सा सम्वन्धि प्राविधिक विषय तथा नक्सा अध्ययन अभिमुखीकरण तालिम’ संचालन भएको छ ।

नापी विभागसँगको समन्वय र सहकार्यमा संचालन भएको उक्त तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालले एक कार्यक्रमकावीच उद्घाटन गरे ।

नेपाल भारत सीमा सम्वन्धि स्ट्रिप्स नक्सा सशस्त्र प्रहरी बल नेपाललाई उपलव्ध गराउने र सो नक्सा सम्बन्धमा सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुलाई प्रशिक्षण गराउने सम्बन्धी भएको सम्झौता अनुसार उक्त अभिमुखीकरण तालिम संचालन गरिएको हो ।

May be an image of 7 people, people standing, military uniform and outdoors

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक संचालन भएको यस तालिमले सशस्त्र प्रहरी बल नेपालका अधिकृतहरुलाई सीमा सुरक्षा, सीमा व्यवस्थापन र नक्साको सही प्रयोगमा सहायक सिद्ध हुने विश्वास व्यक्त गर्दै सीमा सम्बन्धमा संगठन र राज्यले लिएको लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नापी विभागका दक्ष र विज्ञ प्रशिक्षकहरुद्वारा प्रदान गरिने उक्त प्रशिक्षण कार्यको लागि धन्यवाद व्यक्त गर्दै उनले यस तालिमले सीमा क्षेत्रमा आईपर्ने समस्या, समकक्षीहरुसँको सम्बन्ध र समन्वय, स्ट्रिप्स नक्सा प्रयोग सम्वन्धि आईपर्ने सैद्धान्तिक तथा व्यवहारिक समस्याहरुलाई समाधान गर्न सहज बनाउने बताए ।

उक्त अभिमुखिकरण तालिममा सशस्त्र प्रहरी बल नेपालका २६ जना अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका छन् ।