दोस्राे बिहेपछि श्वेताको पहिलो स्ट्याटसः ‘अन्तताेगत्वा मैले सिउँदाेमा सिन्दुर भरें’



काठमाडौं । नायिका स्वेता खड्काको विवाह पछि शुभचिन्तकहरुका नाममा एक सन्देश लेखेकी छिन् । उनले सोमबार बिवाह सम्पन्न भएको औपचारिक जानकारी दिँदै सिउँदोमा सिन्दुर र हातमा सप्तरंगी चुराले आफू सजिएको बताएकी छिन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहेकी स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी पूर्वपत्नी एवं नववर विजयेन्द्र रावतकी नवबधु श्वेताले आफूले निर्माण सुरु गरेको माझीटोललाई अझै सजाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा अगाडि लेखेकी छिन्, ‘अनत्वगोत्वाः मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालें । मेरो यो यात्रामा मेरा आम्पुर्ण इष्टमित्र, आफन्तजन , गन्यमान्य ब्यक्तित्व , शुभचिन्तक लगाएत मलाई सँधै साथ र समर्थन गर्ने मेरा संचारकर्मी मित्रहरुको सुवेक्षा र आशिर्वादको खाँचो छ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्‍याउनु छ । निर्माणाधिन माझिटोललाई आज सँजिएको बिहेको मण्डप भन्दा पनि अझै सजाउनु छ । मैले थालेका ब्यावसायहरुलाई मेरो हातमा चम्किएका चुराहरु जस्तै चम्काउनु छ । मैले अझ धेरै काम गर्न बाँकी छ । थाती रहेका मेरा कार्यहरुमा थप उत्साह र उमंग बोकेर लागी पर्नेछु । अतः मलाई तपाइहरु सम्पुर्णको साथ , साल्लाह , सुझाव का साथै शुभ आशिर्वादको आवस्यक्ता छ । हिजोका दिनमा भन्दा पनि आगामी दिनमा मैले सबैबाट अझ धेरै माया, सदभाव र साथ पाउने आशा बोकेकी छु ।

तपाईकी उहि छोरी / चेली
श्वेता खड्का