

देशभर थप २० संक्रमितको मृत्यु, मृतक संख्या १६ सय नाघ्यो

काठमाडौं । २४ घन्टामा नेपालमा थप १ हजार १४ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार थप २४ घण्टामा १६२८ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ।
पछिल्लो २४ घन्टामा २० जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १६१४ पुगेको छ।