मेरो स्वर्ग !

बौदीकाली उकाली अपरिचित रकुवा देउराली सजायौ

साथी मेरा वियोगी परिचित रसिला चित्त आहा रसायौ

प्यारा राजेन्द्र ओझा अविरल सरिता गण्डकी धाम मेरो

शुक्ला दाजी र डिल्ली विकटपथ पुगी जिन्दगी गाम मेरो

 

ठाडो बाटो रुचाङे मिथुकरम यता डेढ ग्रामीण तारा

साथी राता मिलेका नरम गहकिला प्रीत हाम्रो सहारा

बाङ्गा जेठा रमाए रविकिरण सखा पोषको साथ पाई

पाण्डे सोझा उज्याला विबुध जनहरू छन्द धारा बगाई

 

न्यौपाने साथ तारा हरि हरि सजिला रामजी इन्द्र दाजी

साथी एघ्घार आहा कलम मलम भो लालबन्दी बिराजी

मेरो हो स्वर्ग प्यारो कल कल बुहुदी रूपरानी निशानी

पाल्पा ओटाङ पैले नवलपुर बनी चम्कियो जिन्दगानी !

 

आहा साहित्य तारा सफल सब  धनी कर्म राम्रो बनाई

आयौ साथी सुनौलो दिन नयन परी गीत नौलो सुनाई

औतारी भाइ मेरो भरतपुर सखा नाम राजेन्द्र पाई

चौतारी दाइ भन्ने चितवन गनिने राम गोविन्द गाई !

 

मेरो इच्छा यतै भो प्रगतिनगरमा कामना पूर्ण होला

आयो निम्तो निदायो मित धन सविता जिन्दगी आज रोला

कस्तो राम्रो पहाडी वनकुसुम चरी  वाम तारा उदाए

धौवादीकी कुमारी कमलनयनकी नैन आहा जुधाए !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *