यातायात मजदुरकाे सार्वजनिक यातायात हड्ताल फिर्ता



काठमाडौं । यातायात मजदुरहरुले हड्ताल स्थगित गरेका छन् ।

सरकार र  यातायात मजदुर नेताहरु बीच सुरु भएको वार्तापछि बिहान देखि घोषणा गरिएको सार्वजनिक सवारी हड्ताल स्थगित गरेको जनाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरुसँग वार्ता सुरु भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री श्रेष्ठको अध्यक्षतामा भोैतिक सचिव केसव कुमार शर्मा  नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिम ज्वाला राई, प्रगतिशील यातायात मजदुर संगठनका अध्यक्ष राजेन्द्र शर्मा, स्वरोजगार यातायात मजदुर संगठनका अध्यक्ष खड्क बहादुर गिरी, एकीकृत यातायात संगठनका अध्यक्ष रवि केसी, यातायात विभागका महानिर्देशक तुलसि नाथ गोैतम, मिरा चौधरी, यातायात व्यवसायीक महासंघका महासचिव देवनाथ गौतम लगायतको सहभागीतामा छलफल भएको थियो ।