नेपालमा २ लाख बढीले जिते कोरोना, १३३७ को मृत्यु



काठमाडौं – नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख नाघेको छ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३०४३ जना कोरोनामुक्त भएसँगै हालसम्म २ लाख २ हजार ६७ जनाले कोरोनाविरुद्ध जित हासिल गरेका छन् ।

तुलनात्मक रुपमा संक्रमण मुक्त हुनेको संख्या बढ्दो क्रममा रहेको नेपालमा पछिल्ला दिनमा संक्रमित संख्या क्रमशः घट्दै गएको देखिएको छ ।

नेपालमा पछिल्लो २४ घन्टामा १९८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेका छन् ।

त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप १६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।