

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले अन्र्तराष्ट्रिय अवार्ड जितेको छ । सिटि एक्सप्रेसले अमेरिकाको फ्लोरिडामा आयोजित रेमटेक अवार्ड–२०२० को ‘पपुलारिटी अवार्ड’ जितेको हो ।
रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ती अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलो पटक हो । कार्यक्रममा संसारभरबाट ३२ प्रतिस्पर्र्धीहरुले सहभागिता जनाएका थिए ।
यस अवार्डले हरेक वर्ष विश्वका विभिन्न मुलुकहरुबाट भित्रिने विप्रेषणलाई सुव्यवस्थित गर्न र आप्रवासीलाई विश्वासिलो सेवा प्रदान गर्ने सहयोगको वातावरणलाई प्रोत्साहित गर्दै आइरहेको महशुश गरेको सिटि एक्सप्रेसले जनाएको छ ।
१४ वर्षअघि स्थापना भई कारोबार सुरु गरेको देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, छरितो एवं विश्वासिलो तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।