

नवलपुर क्षेत्र नं. २ मा १ लाख २८ हजार मतदाता, सबैभन्दा धेरै मध्यविन्दुमा र कम बौंदीकालीमा

नवलपुर – आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नवलपुर क्षेत्र नं. २ मा १ लाख २८ हजार ७ सय ८५ मतदाता रहेका छन् ।
पूर्वी नवलपुरको चारवटा स्थानीय तह र कावासोती नगरपालिकाको केही वडाहरु समेटिएको उक्त क्षेत्रमा सबैभन्दा धेरै मतदाता मध्यविन्दु नगरपालिकामा रहेका छन् । निर्वाचन आयोगका अनुसार मध्यविन्दु नगरपालिकामा ४६ हजार ६ सय ८२ मतदाता रहेका छन् ।
त्यस्तै सबैभन्दा कम मतदाता बौंदीकाली गाउँपालिकामा रहेको आयोगले जनाएको छ । आयोगका अनुसार बौंदीकाली गाउँपालिकामा १० हजार ११ जना मतदाता रहेका छन् ।
त्यस्तै हुप्सेकोट गाउँपालिकामा १८ हजार ७ सय ८४ जना र विनयी त्रिवेणी गाउँपालिकामा २७ हजार २२६ मतदाता रहेका छन्् ।
त्यस्तै कावासोती नगरपालिकाको ६ वडा समेटिएको क्षेत्र नं. २ मा कावासोतीका २६ हजार ८२ मतदाता रहेका छन् ।