

देशभर थप २१०३ संक्रमित, १७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २१०३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेका छन् ।
यस्तै बितेको २४ घण्टामा २ हजार ८ सय ५८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप १७ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार ७६ पुगेको छ ।