

चरेससहित महिला पक्राउ

रुकुम – जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) ले चरेससहित एक महिलालाई पक्राउ गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका–५ रुमालबाराबाट ८०० ग्राम चरेससहित गाउँपालिका–६ की ५३ वर्षीय विद्या गुरुङलाई पक्राउ गरेको हो ।
गुरुङलाई चरेससहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रनाउ खड्काले जानकारी दिनुभयो । घरमा लुकाइछिपाइ खरीद गरी बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)बाट खटिएको टोलीले उहाँलाई पक्राउ गरेको हो ।