

अस्ट्रेलियामा भिषा कडाई भएसँग नेपाली विद्यार्थी क्यानडातर्फ आकर्षित

काठमाडौं । पछिल्ला दिनमा नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको संख्या एक्कासी बढ्दै गइरहेको छ । नेपालीहरुको पहिलो प्राथमिकतामा पर्ने अस्ट्रेलियाले भिषामा कडाई गरेपछि अहिले विद्यार्थीहरु क्यानडातर्फ आकर्षित भएका छन् ।
कोरोना संक्रमणको मध्यतिर कामदारको अभाव भएपछि नेपाली विद्यार्थीहरुलाई अत्याधिक मात्रामा भिषा दिएको अस्ट्रेलियाले पछिल्ला दिनमा भिषामा कडाई गर्दै आएको छ । झन्झटिलो प्रक्रिया पार गरेर पनि अन्तिम समयमा आएर भिषा रिजेक्ट हुने दर बढेसँगै पछिल्ला दिनमा विद्यार्थीहरुले वैकल्पिक मुलुकहरु रोज्न थालेको राजधानीमा शैक्षिक परामर्श सेवा आएका सञ्चालकहरुले जनाएका छन् ।
पछिल्ला दिनमा क्यानडाको भिषा प्रोसेसिङ अवधि केही छोटो भएका कारणले विद्यार्थीहरु क्यानडातर्फ आकर्षित भएका हुन् । अस्ट्रेलियामा भिषा लाग्न चारमहिनासम्म लाग्ने गर्दछ । तर, क्यानडाले पछिल्ला दिनमा १ महिनादेखि २ महिनाभित्र भिषा प्रोसेसिङको काम सकाउने नीति लिएका कारण विद्यार्थीहरु यता आकर्षित भएको हुनसक्ने पनि देखिएको छ ।
नेपाली विद्यार्थीहरुको प्राथमिकताको सूचीमा परेका उच्च शिक्षा अध्ययनका विषयहरु पनि अस्ट्रेलिया र क्यानडामा उस्तै भएकाले पनि खर्च उस्तै पर्ने र तत्कालका लागि तुलनात्मक रुपमा भिषा प्रक्रिया सहज र छिटो भएका कारणले क्यानडातर्फ आकर्षित भएका हुन् । पछिल्ला दिनहरुमा क्यानडामा भिषा लाग्ने दर केही बढी भएकोले पनि नेपाली विद्यार्थीहरुको रोजाई क्यानडा परेको ती सञ्चालकले बताए ।
त्यस्तै अभिभावकहरुले पनि पछिल्लो समय वैकल्पिक रुपमा क्यानडा छान्ने गरेका छन् । लामो समयको प्रक्रिया र अन्तिम समयमा आएर भिषा रिजेक्ट हुने दर बढेपछि अभिभावकहरुले छोटो समयमा प्रक्रिया सकिने र भिषा दिने दर पनि तुलनात्मक रुपमा केही बढी भएकोले क्यानडालाई प्राथमिकतामा राख्ने गरेको बताउँछन् । छोराछोरीहरूको पढाइ ढिला हुने र भिषा रिजेक्स भएको खण्डमा ग्याप देखिने भएका कार पनि अभिभावकहरूले जुन देशमा भए पनि पढाइ ढिला नहुने गरी पठाउनेतर्फ वैकल्पिक रूपमा क्यानडालाई छान्ने गरेको एक अभिभभावकले बताए ।
त्यस्तै हालैमात्र अस्ट्रेलिया सरकारले राजधानी सिड्नीमा यसअघि नेपाली लाइन्सेन्सबहाकले सवारी चलाउन पाउने नियमलाई खारेज गर्दै भए पनि आगामी नोभेम्बरदेखि सवारी चलाउन नपाइने नियम समेत लगाएपछि अस्ट्रेलिया पुगिसकेका विद्यार्थीहरुले केही असहजता महसुस गरेका छन् ।