

देउवाले यी १० महिला नेतृलाई गरे कांग्रेस केन्द्रीय सदस्यमा मनोनित (नामसहित)

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिला नेतृहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
सभपाति देउवाले केन्द्रीय सदस्यमा संस्थापन पक्षबाट ५ जनालाई नियुक्त गर्नु भएको छ भने संस्थापनइत्तर डा. शेखर कोइराला पक्षका तीन र कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह पक्षका एक–एक जनालाई नियुक्त गरेका हुन् ।
केन्द्रीय सदस्य हुनेहरुमा संस्थापन पक्षबाट बागमति प्रदेश सांसद काठमाडौकी राधा घले, महिला विभागकी पूर्वउपसभापति सुनसरीकी लक्ष्मी खतिवडा, पूर्वीनवलपरासीकी सीता देवकोटा,झापाकी गोमा भट्टराई र रुपन्देहीकी गंगा शाही छन् ।
संस्थापनइत्तर पक्षकी नेतृ पूर्व केन्द्रीय सदस्य महोत्तरीकी किरण यादव, नेविसंघकी नेतृ धादिङकी उर्मिला थपलिया र मोरङ्गकी रुक्मिणी कोइराला तथा पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट राष्ट्रिय सभाकी पूर्वसांसद धना खतिवडा र पूर्वमहामन्त्री प्रकाशमान सिंह निकटकी पूर्वसांसद कल्याणी रिजाल केन्द्रीय सदस्य मनोनित भएका हुन् ।