

यस्तो छ आम निर्वाचनका लागि कार्यतालिका, कोजाग्रत पूर्णिमाका दिन मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश प्रतिनिधिसभाको चुनावका लागि असोज २३ गते मनोनयन हुने भएको छ । निर्वाचन आयोगले तयार पारेको कार्यतालिकाअनुसार मंसिर ४ गते हुने निर्वाचनका लागि असोज २३ मा मनोनयन हुनेछ । असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन हो ।
आयोगको बैठकले कार्यतालिका तयार पारे पनि त्यसाई औपचारिक घोषणा भने गरेको छ । त्यसैगरी समानुपातिकतर्फ बन्द सूची बुझाउने समय भने असोज २ र ३ गते तय गरिएको छ । जसको कारण प्रतिनिधिसभाको कार्यकाल असोज १ गते मात्रै रहने भएको छ ।
आयोगले असोज २६ मा अन्तिम मतदाता नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ।
२४ देखि २५ गतेसम्म उम्मेदवारको सूची प्रकाशन, विरोधको उजुरी, जाँचबुझ, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारको नाम फिर्ता र अन्तिम नामावली प्रकाशनका काम हुनेछन्। आयोगले निर्वाचन प्रचारप्रसारका लागि असोज २७ देखि मंसिर १ सम्म ३६ दिन समय दिने भएको छ। प्रचार सकिएपछि ४८ घण्टाको मौन अवधि सुरु हुनेछ।
मंसिर ४ गते एकै पटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुनेछ । प्रतिनिधिसभामा १ सय ६५ स्थान प्रत्यक्ष निर्वाचित हुनेछन भने १ सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट छानिने छन् ।