

उपत्यकामा ३०१ सहित देशभर थप ९३४ जनामा कोरोना पुष्टी

काठमाडौं । देशभर थप ९३४ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गत २४ घन्टामा गरिएका ५३५१ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा काठमाडैंमा मात्र २३६ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १७ र ललितपुरमा थप ४८ जना नयाँ संक्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ । यससँगै गत २४ घन्टामा उपत्यकामा मात्रै ३०१ जना नयाँ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ४७० जना कोरोनामुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा ११ हजार ९ सय ७२ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेको पनि मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ३२ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।
देशभर अहिलेको अवस्थामा सक्रिय संक्रमितको संख्या ५ हजार ५८५ पुगेको पनि मन्त्रालयले जनाएको छ ।