नेप्सेको कारोबार शुक्रबार नहुने

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले साताको छ नै दिन खुल्दै आएको शेयर बजार अब ५ दिनमात्र खोल्ने भएको छ ।

नेप्सेका प्रबन्धक निरञ्जन फुयालले अहिले शुक्रबार पनि भइरहेको शेयर कारोबार हटाएर पुनः साताको पाँच दिन मात्रै कारोबार दिन कायम गर्ने बताएका छन्।

बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना विषयको अन्तर्क्रिया कार्यक्रममा फुयालले यस्तो बताएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *