

एकैचरणमा मंसिर ४ मा निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते आइतवारका लागि आम निर्वाचनको मिति घोषणा गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अब एकै चरणमा हुनेछ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गरेको जनाइएको छ ।
निर्वाचन आयोगको सुझाव र परामर्शका आधारमा सरकारले चुनावको मिति घोषणा गरेको हो । निर्वाचन आयोगले मंसिर २ गतेका लागि चुनाव गर्न उपयुक्त हुने सुझाव दिएको थियो । यसअघि बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले मंसिर ४ गतेका लागि चुनाव घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो ।
२०७४ सालमा मंसिर १० र मंसिर २१ गते गरी दुई चरणमा चुनाव भएको थियो । चालु प्रतिनिधि सभाको कार्यकाल आगामी फागुन २१ गते सकिँदैछ ।