

प्रेस युनियनः मतान्तर बढाउँदै लम्साल, महासचिवमा पौडेलले लिए भारी मतको अग्रता

हेटौंडा । नेपाल प्रेस युनियनको नवौं महाधिवेशनको मतगणना जारी छ । पछिल्लो मतगणनाअनुसार अध्यक्षमा शिव लम्सालले अग्रता बढाउँदै लगेका छन् ।
अहिलेसम्म गणना गरिएको ८ सय २५ मतमा लम्सालले ४५२ मत ल्याएका छन् भने संस्थापन पक्षकी अनिता बिन्दुले ३ सय ६० मत प्राप्त गरेकी छिन् । जसअनुसार लम्सालले ९२ मतको अग्रता लिएका छन् ।
जारी मतगणनाअनुसार लम्सालले सुरू देखि नै अग्रता लिइरहेका छन् । मतगणनाअनुसार युनियनमा अधिकांश पदहरूमा संस्थापन इतरका उम्मेदवारहरूले अग्रता लिइरहेका छन् ।
त्यस्तै महासचिवमा लम्साल प्यानलकै दिलिप पौडेलद्वारा भारी मतले अग्रता कायम गरेका छन् । अब करिब ५ सय मत गणना गर्न बाँकी रहेको छ ।