झापामा एउटै रुखमा तीन किशोरी झुण्डिएको अवस्थामा फेला

झापा । झापाको कचनकवलमा एउटै रुखमा तीन जना किशोरीहरू झुन्डिएको अवस्थामा फेला परेका छन्।

आइतबार बिहान झापाको कचनकवल वडा नं. ५ स्थित दिलेगाउँमा तीन जना किशोरीहरू झुन्डिएको अवस्थामा फेला परेका हुन्।

शनिबारदेखि हराएको भन्दै खोजी भईरहेका पञ्चम गणेशकी १६ वर्षीय छोरी करिना पुवालु, गणेशकी १७ वर्षीय छोरी अञ्जलि र वीरुवल गणेशकी १६ वर्षीय छोरी कल्पना मृत भेटिएका हुन्।

घुम्न भन्दै घरबाट निस्किएका उनीहरु आज बिहान खोला नजिकै रहेको बयरको रुखमा झुन्डिएको अवस्थामा भेटिएको कचनकवल गाउँपालिकाका अध्यक्ष कलेन्द्र प्रसाद सिंह राजवंशीले बताए। ‘दुई जनाले डोरीको पासो र एक जनाले सलको पासो लगाएर झुन्डिएका छन्। प्रहरी आएर अहिले मुचुल्का उठाइरहेको छ,’ अध्यक्ष राजवंशीले भने।

तीनै जना झापाको चिया बगानमा काम गर्दै आएका थिए। प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *