भारतीय दूताबासभित्र गोली चल्दा १ को मृत्यु

काठमाडौं – नेपालस्थित भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। मृत्यु हुनेमा एक सुरक्षाकर्मी रहेको प्रहरी भनाइ छ।

ड्युटीमा रहेका सुरक्षाकर्मीले आँफैंलाई गोली हानी आत्महत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भए पनि आधिकारिक रुपमा पुष्टी भने हुन बाँकी छ ।

घटनाबारे थप अनुसन्धानका लागि अपराध महाशाखाबाट एसपी दिनेश आचार्य नेतृत्वको टोली घटनास्थल जाँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *