

बौंदीकालीको आठौं गाउँसभा सुरु

बौंदीकाली । पूर्वी नवलपुरको बौंदीकाली गाउँपालिकाको आठौं गाउँसभा सुरु भएको छ ।
आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष प्रकाश ओझाले गाउँपालिकालाई विशेष गरी कृषिलाई प्राथमिकता दिएका छन् ।
गाउँपालिकाको नीति तथा कार्यक्रममा कृषिलाई महाअभियानका रुपमा लिइने पनि जनाइएको छ ।
उक्त सभामा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधिका साथै प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीलगायतका कर्मचारीको उपस्थिति रहेको छ ।