

एकीकृत शक्ति नेपालका अध्यक्ष त्रिपाठीसहित दर्जन पक्राउ

काठमाडौं । एकीकृत शक्ति नेपालका अध्यक्ष एवं बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको छ ।
इम्बोष्ट नम्बरको बिरोधमा काठमाडौंको भद्रकालीमा बिरोध प्रदर्शनको क्रममा बरिष्ठ पत्रकार त्रिपाठीसहितका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रिपाठी नेतृत्वको एकीकृत शक्ति नेपालले आज बिहान १० बजे भद्रकालीमा १० मिनेट बिरोध प्रदर्शनको कार्यक्रम राखेको थियो । सोही क्रममा त्रिपाठी, सचिव सुभाष पाण्डेलगायत एक दर्जनलाई पक्राउ गरेको हो । उनीहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।