

नेपालमा बढे संक्रमित, एकैदिन थप ४९ जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा पुनः कोरोना संक्रमणको संख्या बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४९४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १ हजार २३४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३३ जना र १ हजार २६० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८६६ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ३४२ पुगेको छ । हाल नेपालमा १ सय ६३ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।