यी टप-५ सहित १७ एसएसपी भए डिआईजी बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा सिफारिस भएका छन्।

बुधबार बसेको बढुवा सिफारिस समितिले लामो समयदेखि रिक्त रहेको डिआइजी पदको लागि बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।

बढुवाको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख बसन्तबहादुर कुँवर परेका छन् ।

दोस्रो नम्बरमा  मानवबेचबिखन अनुसन्धान ब्युरो प्रमुख टेकप्रसाद राई, तेस्रोमा कार्यविभाका अशोक सिंह, चौथोमा मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखाका दिपक थापा र पाँचौंमा विपद व्यवस्थापन कार्यालय सामाखुसीका श्यामलाल ज्ञवालीको बढुवा सिफारिस भएको हो।

त्यस्तै,  किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेक प्रसाद तामाङ, उमेशराज जोशी, भिम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा छन् ।

बढुवाको सूचीः

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *