

सशस्त्र डिआईजी गौतम एआईजी बढुवाका लागि सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा नायव महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश (सीपी) गौतम अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । बलमा रहेको रिक्त एक एआईजी पदमा उनको बढुवा सिफारिस भएको हो ।
गृह मन्त्रालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी बल, नेपालको नियमावली अनुसार एआईजीमा बढुवा सिफारिस गरेको हो ।
अब, एकसाता उजुरी सुन्ने निकायमा कुनै उजुरी नपरे सरकारले उनलाई एआईजीमा बढुवा तथा पदस्थापन गर्नेछ ।
डीआईजी गौतमले ३ वैशाख २०५२ मा नेपाली सेनाका अधिकृतको रुपमा सेवा प्रवेश गरेका थिए ।